" /> वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक चेतन कार्कीको निधन – News of Global

News of Global आइतबार, जेठ ०२, २०७८

काठमाडौं । गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।

हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०ः२५ मा उहाँ निधन भएको थियो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मेका उनले भारतको देहरादुनमा पढे।

सानै उमेरदेखि नेपाली लोकसंगीत र संस्कृतिमा रुचि राख्ने उनले गीतकार, कवि, निर्देशक र नेपाली लोक–संस्कृतिको अध्येताका रुपमा नाम कमाएका छन्।

चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका चलचित्र निर्देशन गरेका थिए । साथै, उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् । उनले चलचित्र ‘परिवर्तन’देखि चलचित्र लेखनको काम सुरु गरेका थिए ।

दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।

गीति संग्रह, कथा, कविता र उपन्याससमेत लेखेका उनको हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।

उनको निधनप्रति शोक व्यक्त गर्दै परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले सामाजिक सञ्जालमा लेखेका छन् ‘नेपाली चलचित्र क्षेत्रका अग्रज विशिष्ट व्यक्तित्व गीतकार, लेखक, निर्देशक, साहित्यकार, संस्कृतिविद श्रद्धेय चेतन कार्की ब्रम्हलिन हुनु भएको खबरले हामी मर्माहित भएकाछौ । यस दुःखद घडीमा शोकसन्तप्त परिबारमा गहिरो संवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्तीप्रदान होस भनी प्रार्थना गर्दछौ ।’
त्यस्तै सामाजिक सञ्जालमार्फत चलचित्र र संगीत क्षेत्रका धेरैले उनीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिरहेका छन् ।
न्यूज अफ ग्लोबल परिवार वरिष्ठ गीतकार, निर्देशक, उपन्यासकार कार्कीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]