" />
काठमाडौं । नेकपा मसालका महामन्त्री एवम् वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहलाई कोरोनाभाइरस संक्रमण भएको छ । सिंहको उपचार होम आइसोलेसनमा भइरहेको सो पार्टीका प्रवक्ता रामप्रकाश पुरीले बताएका छन् ।
पुरीले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘उहाँमाथि सङ्क्रमणको प्रारम्भिक अवस्था छ र सुधार उन्मुख दिशामा बढिरहेको छ । दुई दिनअगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको अवस्था छ ।’
महामन्त्री सिंह राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका पति हुन् । सिंहको हेरचाहमा रहेकी पौडेलले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्वोधनसमेत गरेकी थिएन् । उनै दुर्गाले हाल सिंहको हेरचाह गरिरहेकी छिन् । वयोवृद्ध अवस्थाका नेता सिंह मधुमेहका विरामीसमेत हुन् ।