" />
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशभर एकैदिन १३९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमण देखिएयता एक दिनमा मृत्यु भएको यो नै उच्च संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या ह्वातै बढेको देखिन्छ । वैशाखको पहिलो साता दैनिक मृत्यु हुनेको संख्या १० भन्दामुनि थियो । वैशाख २१ बाट ५० माथि लाग्यो । त्यस दिन ५५ जना संक्रमितको मृत्यु भएको छ । २२ गते ५८, २३ गते ५४ र २४ गते ५० जनाको मृत्यु हुँदा २५ गते ५३ जनाले ज्यान गुमाए । २६ गते ८८ जना मृतक थपिएका थिए र सोमबार एकैदिन ९१३९ को मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार वैशाख महिनाको २७ लिनमा ८०१ जनाको मृत्यु भएको छ । उनीहरुमध्ये ४९७ जनाको पछिल्लो एक सातामा मृत्यु भएको हो ।
उपत्यकामा संक्रमित घटे
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार ७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना छन् ।
यसअघि आइतबार उपत्यकाका ३ जिल्लामा ४१९८ जना संक्रमित भेटिएका थिए । जसमा काठमाडौंका ३१६१, ललितपुरका ५३३ र भक्तपुरका ५०४ जना थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जना संक्रमित थपिएका छन् ।
यसैगरी सुनसरीमा ९४, महोत्तरीमा ८९, रौतहटमा ७७, नवलपरासी पश्चिममा ७६, अछाममा ७३, धादिङमा ७०, गोरखामा ६२ र उदयपुरमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८१५, प्रदेश २ मा ५५३, वागमती प्रदेशमा ४ हजार ५२०, गण्डकीमा ७७३, लुम्बिनीमा १ हजार ५५७, कर्णालीमा ५६ र सुदूरपश्चिम प्रदेशमा ८५३ जना कोरोना संक्रमित थपिएका छन् ।