" />
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्पूर्ण जनताहरुलाई कोरोनाबाट सचेत रहन अनुरोध गरेका छन् । नेता श्रेष्ठले फेसबुकमार्फत स्टाटस लेखेर सबैजना सचेत रहेर अरुलाई पनि सचेत रहन आग्रह गरेका छन् ।
त्यस्तै नेता श्रेष्ठको सचिवालय अन्तर्गत रहेको कोभिड स्वयम्सेवा समूह (सिभीएस) पनि सक्रिय रुपमा काम गरिरहेको जानकारी दिएका छन् । कोरोना संक्रमणबाट अप्ठ्यारोमा पर्नेहरुले सिभीएसको सहयोग लिनको लागि पनि उनले सबैलाई अपील गरेका छन् ।
नेता श्रेष्ठले फेसबुकबाट जारी गरेको अपील यस्तो छः
कोरोनाको महामारी भयावह भयो । नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो।सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो।सबै मिलेर सम्हालौं ।आम नागरिकलाई कोरोना संक्रमणबाट बचाऔं र जीवन रक्षा गरौं ।
६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरीव , बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन् ।अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ।तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ।
सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाऔं । यद्यपि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पिडादायी स्थिति छ।
यस्तो बेलामा सवैले स्वास्थ्यमापदण्डको पालना गरेर आफुलाई सँक्रमणबाट बाट बचाउनु मात्र पनि राम्रो कुरा हो।तर राजनीतिक नेता, कार्यकर्ता ,संगठन र समाजसेवी हरुले आफुलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ । त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन ।भेरी अस्पतालका चिकित्सक, नर्स स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरुप्रति सम्मान ब्यक्त गर्दै उहाँहरुको बाटो अनुशरण गर्न तयार होऔं । जे जसरी सहयोग गर्न सकिन्छ गरौं ।
यसै सन्दर्भमा कोरोनाको पहिलो लहरको समयमा कृयाशील रहेको मेरो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समुह (Covid Volunteer Service -CVS) पुनः कृयाशील रहेको जानाकारी समेत बिनम्रतापुर्वक गराउन चाहान्छु ।