" />
काठमाडौं । नेकपा एमाले नेपाल समुहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण वाम गठबन्धन असफल भएको आरोप लगाउनु भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुषालले ओलीको अहंकारी प्रवृत्तिले ठूला कम्युनिष्ट पार्टीहरुको एकता हुन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अध्यक्ष ओलीको कुर्सी मोह र अहंकारका कारण वाम गठबन्धनको सरकार जनअपेक्षा अनुसार काम गर्न सकेन । त्यसैका कारण पार्टी विभाजनतिर धकेलियो ।’
उहाँले पार्टीमा अन्तरसंघर्ष अन्तिमसम्म जारी राख्ने बताउनु भयो ।उहाँले हालसम्म ७० जिल्लामा कमिटी गठन गरिसकेको पनि जानकारी दिनुभयो । बाँकी जिल्लाहरुमा पनि चाँडै कमिटी गठन गर्ने उहाँको भनाइ थियो । त्यस्तैगरी उहाँले पालिकास्तरमा पनि कमिटी गठन गर्ने बताउनु भयो ।
ओलीको कुर्सी मोहले नेकपा मात्रै नभइ अहिलेको एमाले पनि कमजोर भएको बताउनु भयो । संसदको संख्या अनुसार अझै नेकपा एमालेको सरकार रहि रहने स्थिती भएकाले त्यसैलाई टिकाउन भूमिकाबाट ओलीकै कारण पछि धकेलीएको नेता भुषालले बताउनु भयो ।
अध्यक्ष ओलीले आफ्नै पार्टीका नेताहरुलाई पन्छ्याएर जसपाका अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धन गर्नतफै अग्रसर रहेको भन्दै आलोचना समेत गर्नुभयो