" /> गोरखा सांस्कृतिक समाजको ३३ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै गीतकार सुमन पण्डित – News of Global

News of Global बुधबार, चैत्र २५, २०७७

काठमाडौं । गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणी देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

समाजका अध्यक्ष बीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, वरिष्ठ कवि, कथाकार तथा गीतकार डा.राजुबाबु श्रेष्ठ, गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ, समाजका निवर्तमान अध्यक्षहरु हिराकाजी श्रेष्ठ, भास्कर श्रेष्ठ, कोषाध्यक्ष विष्णु पोखरेल, संस्थाका सल्लाहकारहरु गायिका हरिमाया गुरुङ, निर्देशक प्रकाश भट्ट, गायक दिपक अर्याल, व्यवसायी प्रेम श्रेष्ठ, पत्रकार भीम श्रेष्ठ, संचारकर्मी नरहरि न्यौपाने, गीतकार चिरञ्जीवी भट्ट, गोरखा पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्त, शिक्षासेवी विकास थापा, गायिका सरिता अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।

गीतकार सुमन पण्डितको नेतृत्वमा भएको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रञ्जिता गुरुङ, प्रथम उपाध्यक्षमा दिनेश थापा, द्वितीय उपाध्यक्षमा गणेश गुरुङ चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा प्रेम अर्याल, लबकुमार भट्ट र सागर गुरुङ चयन भएका छन् ।
त्यसैगरी महासचिवमा रविन लामिछाने, उपमहासचिवमा रञ्जित परियार, सचिवमा प्रकाश कोके गुरुङ, महिला सचिवमा मिरा गोर्खाली चयन भएका छन् भने कोषाध्यक्षमा सुनिला गुरुङ र सहकोषाध्यक्षमा बबिता बानियाँ जेरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा बेलीमाया पुलामी, हरिराम परियार, सुजन परियार, सुवास थापा, चिजा तामाङ, सुमित्रा तामाङ, सन्तोष दवाडी, किशोर थापा, मेलिना ठकुरी, सुशिला थापा, दिप कोके गुरुङ, राजु गुरुङ, आइतराम गुरुङ, टेकबहादुर गुरुङ, सविन कोके गुरुङ, बीरबल घले, मुकेश पुलामी, सचिन भट्टराई चयन भएका छन् ।

सोही कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापालाई सम्मान गरिएको थियो । थापाले संस्थाप्रति दिएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा सल्लाहकारहरुले बधाई शुभकामना ज्ञापन गर्दै गोरखा सांस्कृतिक समाजले जन्मिएको माटोका उच्च मूल्यांकन गरेको बताएका थिए ।

तेस्रो अधिवेशनको निर्वाचन कमिटिमा भने संस्थापक अध्यक्ष दीपसागर थापाको संयोजकत्वमा सल्लाहकार प्रेम श्रेष्ठ र भीम श्रेष्ठ रहेका थिए ।
‘गोरखा र गोरखालीको शान मौलिक कला संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको तेस्रो अधिवेशबाट नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई म्यूजिक खबर परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]