" />
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जानकारी लिनका लागि नेपाल प्रहरीले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
यसअघि अपराध, हिंसा तथा दुर्घटनाबारे प्रयोगकर्ताहरुबाट जानकारी लिन प्रयोगमा ल्याएको ‘नेपाल पुलिस मोबाइल एप’ लाई नै अपडेट गरिएको हो ।
योसँगै एप प्रयोगकर्ताले कोरोना भाइरस सम्बन्धी सूचना प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् ।
लकडाउनको उल्लंघन भएमा, कालोबजारी भएमा, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा एपमार्फत् प्रहरीलाई रिपोर्ट गर्न सकिने प्रहरीले जनाएको छ।