" />
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले ‘चाइजिन भाइरस’ भन्दै आएका थिए । तर कोरोनाको महामारीले विश्व नै आतंकित बनाएपछि यतिबेला उनको बोलि फेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । अमेरिकी समयअनुसार बिहीबार बेलुका भएको फोन वार्तामा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच कोरोना भाइरस महामारी नियन्त्रणबारे कुराकानी भएको थियो ।
टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, भनेका छन्, ‘चीनले धेरै पार गरिसकेको छ र भाइरसलाई राम्रोसँग बुझिसकेको छ । हामी एकअर्कासँग नजिक रही काम गर्नेछौं । उच्च सम्मान छ ।’
टेलिफोनमा भएको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस विश्वको साझा शत्रु भएकाले यससँग लड्न अन्तर्राष्ट्रिय पहल मजबुत बनाउनुपर्ने बताएका छन् ।