" />
काठमाडौं । जर्मन सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिक उद्धारका लागि चार्टर्ड गरेको विमान शुक्रबार विहान काठमाडौंबाट ३०५ जना यात्रु लिएर फर्किएको छ ।
शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरलाइन्सको विमान ३०५ जना पर्यटक लिएर फर्किएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार विमानमा ३०५ जना यात्रुमध्ये झण्डै ९० प्रतिशत जर्मन नागरिक रहेका छन् । त्यस्तै फिनल्याण्ड, अष्ट्रिया, चेक गणतन्त्र, डेनमार्क र बेलायतका नागरिक पनि रहेका जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।