" /> सियोनालाई कलाकार तथा युट्यूवर सृजनाले गरिन् ठूलो सहयोग – News of Global
सियोनालाई कलाकार तथा युट्यूवर सृजनाले गरिन् ठूलो सहयोग

स्पाइनल मस्कुलर एट्रोफी रोगसँग लडिरहेकी सियोनालाई कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले गरिन् सहयोग

News of Global शुक्रबार, मंसिर १२, २०७७

काठमाडौँ । कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिव २५ करोड रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आफू पनि एक आमा भएकाले सियोनालाई आफ्नै छोरी ठानेर सहयोग गरेको सृजनाको बताइन् । डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचार भइरहेको छ ।

३ वर्षदेखि युकेमा स्थायी बसोबास गरिरहेकी सृजना नेपालमा समेत सामाजिक कार्य एवं मोड्लिङमा सक्रिय थिइन् । सृजना पछिल्लो समय बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गर्न व्यस्त छिन् । सृजनाले सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिल समेत गरेकी छिन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]