" /> आधुनिक गीत गजलसंग्रह ‘अनमोल’ सार्वजनिक – News of Global

News of Global आइतबार, मंसिर ०७, २०७७

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा हिजो दाङ घोराहीमा भौतिक दूरी कायम एवम् सतर्कता‌ अपनाई दङाली युवा गीतरगजलकार प्रवल विष्टद्वारा रचित एवम् विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा एकलरुपमा सङ्गगीतबद्ध आधुनिक गीतिसङ्ग्रह ुअनमोलुको विमोचन गरिएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायण नेपाल लगायतका अतिथिले उक्त एल्बम सार्वजनिक गरेका थिए । विमोचित गीतिसङ्ग्रहको समीक्षा गीतकार प्रकाश केसीले गगरेका थिए । गीतिसङ्ग्रहको समीक्षा गर्दै गीतकार केसीले गीतहरुले हाम्रो समाजमा रहेका धेरै कुरालाई समेटेको कुरा स्पष्ट पार्दै यस अनमोल एल्बममा रहेका चारवटै रचनाहरु निकै नै लोकप्रिय एवम् कर्णप्रिय भएको कुरा बताए ।
यसअघि पनि धेरै गीतरगजलहरू बजारमा ल्याइसकेका रचनाकार प्रवल विष्टको दोस्रो रचना सङ्ग्रह र सङ्गगीतकार सन्तोष श्रेष्ठको छत्तीसौँ सांगीतिक सङ्ग्रहका रुपमा आएको यस एल्बमभित्र जीवन संघर्ष हो…, दुईवटा मुटु…, चल्दैन चल्दैन… र तिमीले अर्कै रोजेको दिन… जस्ता गी रहेका छन् । एल्बमका गीतमा नरेन्द्र प्यासी, बिन्दु परियार, सि डि बिजय अधिकारी र सुप्रीया पाण्डेको आवाज रहेको र यस गीतिसङ्ग्रहमा एउटा गीत र तीन ओटा गजलहरु समाविष्ट छन् ।
कार्यक्रममा प्रमुख अतिथि नारायण नेपाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, दङाली बालगायिका सुप्रीया पाण्डेय लागायतले बोलेका थिए भने र गीतकार÷गजलकार प्रवल विष्टले गीत–गजल सृजनाको बारेमा बोलेका थिए । कार्यक्रममा सभाध्यक्ष कमलमणि देवकोटाले सबैलाई धन्यवाद दिएका थिए ।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष साहित्यकार नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण परिषद्का केन्द्रीय सदस्य साहित्यकार आदिम केसीले गरेका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]