" /> जनगणनाका लागि प्रश्नावली सार्वजनिक – News of Global

News of Global शनिबार, भाद्र २०, २०७७

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि सर्वसाधारणले भर्नुपर्ने प्रश्नावलीलाई सरकारले स्वीकृत गरेको छ । यससँगै अब जनगणनाका लागि प्रश्नावलीको टुंगो लागेको छ । आगामी वर्ष राष्ट्रिय जनगणना हुँदैछ ।

हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनाका लागि नागरिकले घर तथा घरपरिवार सूचीकरण अन्तर्गत परिचयात्मक विवरण भर्नुपर्नेछ । यसमा घर रहेको स्थान, ठेगाना रहनेछ । घरको विवरणमा भने तला, घर बनेको वर्ष, घर प्रयोग भएको प्रयोजन र घरमा बस्ने परिवारको संख्या गणना गरिने भएको छ ।

परिवारमा रहेका संख्या, घरमा पालेका गाइवस्तु तथा जनवारको समेत विवरण भरिने भएको छ । कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए त्यसको समेत विवरण जनगणनाका लागि भर्नुपर्नेछ ।

मुख्य प्रश्नावलीमा भने परिचयात्मक विवरण भर्नु पर्नेछ । यस विवरणमा व्यक्तिगत जीवनमा प्रयोग भएका वस्तुहरुको समेत विवरण भर्नुपर्छ ।

जसमा घरभित्र रहेका रेडियो, टेलिभिजन र शौचालयसम्मका विवरण भर्ने गरी प्रश्नावली तय गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

विदेश गएका परिवारका सदस्यको विवरण, महिलाका नाममा जग्गा भए त्यसको विवरण समेत जनगणनाले समेट्ने भएको छ ।

जनगणनामा आर्थिक विवरणतर्फ आम्दानीको स्रोत, आर्थिक गतिविधिमा संलग्न सदस्य सदस्य संख्या, काम नगर्ने भए त्यसको कारण समेत उल्लेख गर्नुपर्ने भएको छ ।
https://drive.google.com/file/d/1oQnF7unyQY2smlPEToBWCB-NO8HdzPIR/view

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]