" />
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । आइतबार ४ सय रुपैयाँ र सोमबार ५ रुपैयाँ प्रतितोलाका दरले घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । सोमबार उक्त मूल्य ९७ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्य स्थिर
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने स्थिर छ ।
सोमबार प्रतितोला २५ रुपैयाँका दरले गिरावट भएर १३ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार स्थिर छ ।
यसअघि आइतबार २५ रुपैयाँले गिरावट आएर चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ रहेको थियो।
शुक्रबार चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ दरले भएको थियो ।