" /> सञ्चारकर्मी प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्मा बीच सहमति – News of Global

News of Global बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं– अभिनेत्री पूजा शर्मा तथा सञ्चारकर्मी प्रकाश सुवेदीबीच सहमति भएको छ । अन्नपूर्णको कर्पोरेट टावर, तीनकुनेमा बुधवार यो सहमति भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् । अन्नपूर्णको कार्यालयमा पछिल्ला केही दिन दुबै पक्षबीच सहमतिको प्रयासपछि हिजो बिहिबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाद्वारा तयार पारिएको सहमति पत्रका सुवेदी र शर्माले हस्ताक्षर गरेका हुन् । उक्त अवसरमा चलचित्र कलाकार संघसहित अन्य केही चलचित्रसंग सम्बन्धि संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सुवेदी तथा शर्मा दुबैले हस्ताक्षर गरिएको भनिकएको समझदारी पत्रमा भनिएको छ—‘यस एपि वान टिभीबाट साउन २२ गते प्रसारित रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीबाट प्रयोग भएका केही शब्दावलीका सम्बन्धमा नायिका पूजा शर्माले भावनात्मक ठेक पुगेको महसुस गरी व्यक्त गर्नु भएको चासोका सम्बन्धमा एपि वान टिभीका मानव संसाधन विभाग प्रमु्ख नरेश श्रेष्ठको रोहबरमा सोही टिभीको कार्यालयमा बसरी हामी पूर्जा शर्मा र कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीबीच आजका मितिमा भएको सौहार्दपूर्ण वार्तामा निम्नअनुसार सहमति भएकोले यो समझदारी पत्र तयार गरि लियौं ।’

समझदारी पत्रको पहिलो बुँदामा भनिएको छ—‘साउन २२ गते प्रसारित रजतपट कार्यक्रममा प्रयुक्त केही शब्दावलीका सम्बन्धमा नायिका पूजा शर्माले आफ्नो भावनात्मक असन्तुष्टि प्रकट गरेको सम्बनधमा रजतपट कार्यक्रमका प्रस्तोताबाट पूर्व प्रसारित कार्यक्रमबाट प्रभावित पक्षको सरोकारलाई सम्बोधन गर्दै कार्यक्रम प्रसारण गरिएको कुरालाई स्मरण गर्दै भविष्यमा एक–अर्काको पेशा, व्यक्तित्व समेतलाई सम्मान गर्दै आ–आफ्नो पेशागत मर्यादामा रहि प्रचलित कानून र पेशागत आचार–संहिताको परिपालनातर्फ सजग रहि भविष्यमा आपसी सद्भाव बिग्रन नदिने प्रवृत्तिगत विषयमा समेत दुबै पक्ष संवेदनशील र सचेत रहने ।’

दोस्रो बुँदामा भनिएको छ—‘उल्लेखित कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमित, उजुर बाजुर लगायतलाई अन्त्य गरी सो समन्बन्धमा सम्बन्धित निकाय, व्यक्तिलाई समेत आवश्यकतानुसार जानकारी गराउने ।’

यसैबीच चलचित्र कलाकार संघका अध्यक्ष खड्काले भनेका छन्— ‘हाम्रो एकता जिन्दावाद, सम्पूर्ण चलचित्रकर्मी र सञ्चारकर्मी मित्रहरूको मित्रता प्रगाढ र अमर बनाऔं, बारम्बार गल्ती गर्दै माफी माग्नु भन्दा यसरी नै सकारात्मक ढंगबाट एक भएर बाटो खुल्ला र नजिर बसाउनु उत्तम ।’

खड्काले भविष्यमा कसैबाट पनि पुनः यस्ता गल्ति नदोहोरियोस् भन्दै सबै मिलेर नै अगाडि बढ्न उचित हुने बताउँदै हाम्रा संयुक्त अनुरोध र प्रवृतिको अन्त्य गर्ने उद्देश्यले हामी–हामी बीच सौहार्दपूर्ण वातावरणमा सहमति र सम्झौताका लागि महत्त्वपूर्ण भूमिका खेल्ने समाजसेवी, कलाप्रेमी, अन्नपूर्ण ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाप्रति हार्दिक आभार ।’

संघका अध्यक्ष खड्काले प्रकाश सुवेदी र पूजा शर्माबीच सहमति गराउन चलचित्रकर्मिका हितमा अग्रसर रहिरहने सबै पेशागत संघ–संस्थाका व्यक्तिहरुलाई धन्यवाद समेत दिएका छन् ।

एपीवानबाट प्रसारण हुने चलचित्र सम्बन्धि कार्यक्रम रजतपटमा कार्यक्रम प्रस्तोता सञ्चारकर्मी प्रकाश सुवेदीले अभिनेत्री पूजा शर्मा अन्तर्वार्तामा नआएको विषयमा व्यक्तित्वमै आँच आउने शैलीमा टिप्पणी गरेपछि पछिल्ला केही सातादेखि यो प्रसंगले विवादको रुप लिएको थियो ।

अभिनेत्री शर्माले चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ, प्रेस काउन्सिल, चलचित्र पत्रकार संघ लगायत विभिन्न संघ–संस्था तथा सरकारी निकायमा उजुरी गरेकी थिइन् ।

प्रस्तोता सुवेदीले पनि टेलिभिजनमार्फत नै आफूले गलत टिप्पणी गरेकोमा माफी मागेका थिए । यद्यपि, यो प्रकरणले समाधानको रुप लिइरहेको थिएन । अन्नपूर्ण मिडियाका अध्यक्ष क्याप्टेन थापाको अग्रसरतामा बुधवार एक प्रकारको सहमति भएको बताइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]