" /> कतार एअरवेजको फ्लाइट नम्बर ‘क्यू आर ६५२’मा कोराना संक्रमित युवतीसँगै २ सय ५ यात्रु थिए – News of Global

News of Global सोमबार, चैत्र १०, २०७६

काठमाडौं । मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको छ ।

कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी उक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टि भएको सरकारले सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । तर उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]