" /> मुस्लिम देशका सुन्दरी राजकुमारीहरु -फोटो फिचर – News of Global

News of Global शनिबार, आषाढ २७, २०७७

काठमाडौं। सन्सारका सबैभन्दा सुन्दर र धनी महिलाको सुचीमा मुस्लिम देशका राजकुमारीहरु छन्। सुन्दरी राजकुमारीहरुमध्ये कतिपयले आफ्नै क्षमताले सम्पति जोडेका छन् भने कतिपय विहे गरेर अरबपति बनेका छन्।

साउदी अरब, जोर्डन, मकाउ, कतारका राजकुमारीहरु सबैभन्दा धनी छन्। फोर्ब्‍सले सार्वजनिक गरेको सुची अनुसार अधिकांस धनी महिलाहरु मुस्लिम देशका छन्।

राजकुमारी फातिमा कुलसुम
फातिमा कुलसुम जौहर गोदाबरी साउदी अरबका राजकुमार शेख अवदी अल मोहम्मदकी पत्नी हुन् । कुलसुम विश्वकै समृद्धमध्धेको देश साउदीकी राजकुमारी हुन् । उनी अरबौं डलरकी सम्पतिकी मालिक्नी हुन् ।

राजकुमारी अमिरा
अमिराले साउदी अरबका राजकुमार अल वालिद बिन तलालसँग विहे गरेकी थिइन्, उनले २०१३ मा राजकुमारसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । १९७० जनवरी १ मा जन्मेकी अमिरासँग करिव २०० अर्ब छ । अमिरा एनजिओ चलाउँछिन् र उनी तलालको कम्पनी किङडम होल्डिङकी साझेदार पनि हुन् ।

शेख हनादी
कतारकी व्यवसायी शेख हनादी सम्पति व्यवस्थापन कम्पनी चलाउँछिन् । उनी राजपरिवारभित्रैकी सदस्य हुन् । उनले सन् १९९८ मा यो कम्पनी स्थापना गरेकी थिइन् । उनले कतारमा पहिलो म्युचुअल फन्ड पनि सञ्चालनमा ल्याएकी थिइन् । २०० अर्ब डलरको रियलस्टेट प्रोजेक्ट वाब सिटीकी पनि संस्थापक हुन् । उनी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपकी विशेष सल्लाहकार पनि हुन् । उनको कम्पनीको नेटवर्थ १५ अर्ब डलरको छ ।

महारानी रानिया
अब्दुल्ला(ष्ष् की पत्नी रानिया जोर्डनकी महारानी हुन् । उनले स्टार ट्रेक थिम पार्क बनाउन एक सय करोड डलर खर्च गरेकी थिइन् । १९७० मा जन्मिएकी रानियासँग विहेअघि २२८ करोड डलर सम्पति थियो । उनी सन्सारभरकी शक्तिशाली महिलाको सुचीमा १०० नम्बरमा पर्छिन् ।

महारानी लला सलमा
मोरक्कोकी महारानी लला सलमा महाराज मोहम्मद(खष् की मत्नी हुन् । सलमासँग २५० करोड डलर बराबरको सम्पति छ । उनी त्यहाँका धेरै सरकारी कम्पनीकी सेयरधनी छन् ।

राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह
राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह ब्रुनाइका सुल्तान हसन बोल्किअहकी छोरी हुन् । बुवा बोल्किअह सन् १९९७ मा सन्सारकै सबैभन्दा धनीको सुचीमा एक नम्बरमा परेका थिए । उनीसँग सात हजार लग्जरी कार छन् । उनीसँग सन्सारकै सबैभन्दा ठूलो महल छ जसमा १७०० वटा त कोठा मात्र छन् । राजकुमारीको विहेमा मात्र २ करोड डलर खर्च भएको थियो ।

राजकुमारी हाया
हाया जोर्डनका राज हुसेनकी छोरी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन पुरा गरेकी हुन् । उनी युएइका राजकुमार शेख मोहम्मद बिन रासिद अल मख्तुमकी कान्छी श्रीमती हुन् । उनीसँग ६०० करोड डलरको सम्पति छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]