" />
गरे काम असम्भब के छ र ? यहाँ नभएको त गर्नै नखोजेर पो हो ! नपत्याए एक पटक ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ८ मा पर्ने शङ्खादेबी टोलमा जानुहोस् !
बिगत १४ बर्ष देखी बन्द अवस्थामा रहेको महेन्द्रग्राम निम्न माद्यामिक बिद्यालय संखादेबी को ३ तले भवन यती जीर्ण अवस्थामा थियो कि कतिखेर आँफै ढल्ने हो जस्तो लाग्थ्यो मान्छेहरु वरिपरि उभिन डराउँथे । सरकारी स्कुलको त्यो भवनमा कहिले कुकुर निदाउँथे त कहिले खसी बोकाले आराम गरिरहेका हुन्थे तर अहिले हेर्दा त्यो भवन बेहुली जस्तो सिंगारियको छ,लाग्छ कसैले नयाँ घर बनाएछ ।
स्थानिय हाम्रो युबा समुह सङ्खादेबी को नेत्रित्त्वमा उक्त जीर्ण भवनलाई मर्मत सम्हार गरी स्थानिय सरकारलाई चुनौती दिने गरी सुरक्षित आवास गृहका रुपमा परिणत गरी देखायका छन स्थानिय युबाहरुले । तत्काललाई ६ बेड सहितको यो सुरक्षित आवास गृहमा कोरोनाको कहरमा कायम गर्ने सामाजिक दुरी लागायत आवास गृहमा आवश्यक सफा चर्पी, पिपि, टाबेल, सेनिटाइजर, १९ माक्स लागायत सम्पूर्ण सुबिधा छ ।
विद्यार्थी अभाबका कारण १४ बर्ष अघी बन्द भएको सरकारी स्कुल अर्थात अहिलेको सुरक्षित आवास गृह ग्वार्को चोकबाट ५ किलोमिटर भित्र सुन्दर शान्त र रमणिय बातावरणमा स्थानिय सङ्खादेबी मन्दिर संगै अवस्थित छ ।
यो बिपदमा बाहिरबाट आउनुभएका कोही सङ्कास्पद ब्यक्तीलाई सुरक्षित आवास गृहको आवस्यकता भए निसङ्कोच यो गृह निःशुल्क रुपमा प्रयोग गर्न सकिने हाम्रो युबा समुहका संयोजक किरण कुमार खत्रीले जानकारी गराए । खत्रीले यो प्रशंशनिय कार्यका लागि आवश्यक सामाग्री स्थानिय ५० घर धुरिको बस्तिबाट निजिगत रुपमा स्वतः स्फुर्त रुपमा उठाएर जम्मा गरिएको ३ लाख रकम बाट जोहो गरिएको समेत बताए ।
यी उर्जावान युबाहरुबाट राज्यले केही सिकोस, चोक र पसलमा दुनियाँका कुरा काटेर समय बिताउने फुर्सदिलाहरुले केही अनुसरण गरुन ।