" />
अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन् । विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए । आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे ।
आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए । ‘उहाँले कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् र विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न खोज्नुभएको रहेछ,’ गिरीले अनलाइनखबरसँग भने । ‘म पनि राजनीतिमा रुचि राख्ने व्यक्ति भएको र राजनीतिक प्रणाली र आचरण सुधार्नुपर्यो भनेर सुझाव दिएँ,’ गिरीले भने, ‘गफगाफका लागि बोलाएपछि म एक्लै गएको हुँ ।’ विप्लवले दीपकराज गिरीका फिल्महरु नियमित रुपमा हेर्ने गरेको बताउँदै फिल्म ‘वडा नम्बर ६’ को चर्चा समेत गरे ।