" />
यक आर्जन पाण्डे नेपाली गीत संगीत जगतका एक परिचीत नाम हो जसले आफ्नो सुमधुर आवाजले विगत लामो समय देखि देश विदेशमा रहनु भएका दर्शक स्रोताहरुको मन जित्न सफल भएका छ्न् । उनका कयौ गीत मध्ये “रेलि माई नगर ख्याल ठट्टा”, “डलर” , “ओइलेर झर्न दिन्न” जस्ता गीतहरु सन्चार माध्यममा लोकप्रिय बनेका छ्न् । तीन वर्ष अगाडि नै तयार गरिएको गीत र भिडियो एक नयाँ संगीतिक कोसेलीका रुपमा “तिमीलाई हेरि हेरि रहने ” म्युजिक भिडियो आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छ्न् । एउटाै शब्द र तुन्निङ “तिमीलाई हेरी हेरि” बेचेको आरोप गायक आर्जन पाण्डेले संगीतकर कमल खत्री लाई क्षतिपुर्ती माग गरेको छ । सो गीतलाई कमल खत्रीले रचना र संगीत गरेका छ्न् भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ । निर्देशक निकेश खड्काले न्याय पुर्वक ढंगले गायक आर्जन पाण्डेको गीतलाई भिडियोमा उतारेका छन् जसमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ । उक्त म्युजिक भिडियोमा गायक आर्जन पाण्डेले नायिका प्रियना आचार्यलाई आफ्नो माया जालमा पार्ने प्रयास गरेको दृश्य देख्न पाइन्छ ।