" /> विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न – News of Global

News of Global आइतबार, बैशाख २४, २०८०

नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ।
गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। त्यसै गरी नगद ५० हजार रुपियाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपियाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ। समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए। मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपियाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ।
बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो। विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपियाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन्।
समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएर तथा शंकर बिसी र काजिश श्रेष्ठले आप्mनो समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]