" />
नेपाली उपभोक्ता संरक्षण महासंघले कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरीलाई उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रममा सहभागिता जनाउन दक्षिण कोरिया जादैछन् । बैशाख १८ गते अधिवत्ता गिरी श्रीलंकन एयरलाईन्स मार्फत दक्षिण कोरिया जान लागेका हुन् । कोरियाली उपभोत्ता संघको कार्यक्रममा अधिवत्ता गिरीले नेपालको तर्फबाट प्रतिनिधीत्व गर्नेछन् ।
अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवत्ता गिरी पछिल्लो समय उपभोक्ता अधिकारको लागि क्रियाशिल छन् । बैशाख १९ देखी २९ गते सम्म दक्षिण कोरियामा रहदा अधिवत्ता गिरीले कोरियाली उपभोत्ता संघ,कोरिया स्थीत नेपाली राजदुताबास तथा एफएफ डब्लु पी यु कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने छन् ।
मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । हाल उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य, श्रमजीबि पत्रकार संघका काुनूनी सल्लाहकार लगायत आधा दर्जन बढी संस्थामा कानूनी सल्लाकारको रुपमा काम गरिरहेका छन् । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियान समेत चलाईरहेका छन् ।