" />
संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्रीमाननीय सुदनकिराँतीले रैथाने ज्ञान र सीपको महत्वअहिलेको समयमाझनै बढेको बताउनुभएको छ ।नेपालललितकला प्रज्ञा प्रतिष्ठानको १४ औं प्राज्ञ सभाको शनिबार उद्घाटन गर्दै उहाँले मान्छेबाट मान्छेमा सर्ने उक्त ज्ञानलाई संरक्षण गर्दै प्राज्ञिक क्षेत्रमा समेत अघि बढ्ने उद्देश्य राखेर नै सरकारले रैथाने विश्वविद्यालयको अवधारणा अघि ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजमा रहेको मूल्यमान्यताको संरक्षण गर्न रैथाने विश्वविद्यालयको कुरा गरेको हो ।’उहाँले मोतिराम भट्ट, लक्ष्मी प्रसाद देवकोटा, नेल्सन मण्डेलाको उदाहरण दिँदै एक बारको जीवनमा सबैले सम्झिने गरीकामगनुपर्ने कुरामाजोड दिनुभयो । उहाँले थप्नुभयो, ‘सबैले राम्रो काम गरौं । हामीअजम्बरी छैनौं । मान्छे कामले बाँच्ने हो ।’
कार्यक्रममाबोल्दै संस्कृति, पर्यटन तथानागरिक उड्ययन राज्यमन्त्री सुशिलासिर्पालीले प्रतिष्ठानले नीतिनिर्माण गर्दा २२ सालको भन्दा ८० सालको कुराले निर्धारण गर्न आवश्यकभएको धारणा राख्नुभयो ।उहाँले सबैजनानयाँयुग सुहाउँदो र संविधानले मागेको कुरासँगजोडिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजनाआयोगका सदस्य रामकुमार फुयाँललेभाषा, साहित्य, संगीत, ललितकलाको क्षेत्रमाप्रदेशसँगजोडिएर बहुभाषिक संग्रहालय, अनुसन्धान, अभिलेख,जीवित संग्रहालयको विषयमाकामगर्न जरुरी भएको बताउनुभयो । उहाँले यस विषयमा समाजलाई सही ढंगको सूचना सम्प्रेषण गर्न कक्षा सञ्चालनगर्न आवश्यक रहेको उहाँको भनाई छ । प्रतिष्ठानले ठोस रुपमा योगदानपुग्न सक्नेगरी कामगरिरहँदाअन्तबाट रकमान्तर गरेर पनिकाम अघि बढाउन सकिने धारणा उहाँको छ ।
कार्यक्रममा स्वागतमन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपतिलालकाजीलामाले अग्रजकलाकारहरुले, बौद्धिक वर्गले, प्राज्ञ सभाले आफ्नो भूगोल, माटो सुहाउँदो आफ्नो हुटहुटी लिएर आएको बताउँदै प्राज्ञ सभा एउटा निश्कर्षमापुग्ने धारणा राख्नुभयो ।
समारोहमामूर्तिकार नरेन्द्र प्रसाद भण्डारीद्वारा लिखित पुस्तक ‘समसामयिक नेपालीमूर्तिकला र मूर्तिकार’को समेत सार्वजनिकगरियो । पुस्तक सार्वजनिकभएपश्चातकार्यक्रममाबोल्दै भण्डारीले भन्नुभयो, ‘मेरो पुस्तकले अनुसन्धानको क्रममा धेरै मूर्तिकारहरुलाई समेटेको छ । तपाईहरुले सल्लाह, सुझावदिनुहोला । नेपालीकलाको विकासकालागिहामीलाई जुनजिम्मेवारी दिइएको छ । त्यसमाहामीले मूलतःनीतिनिर्माणमा हस्ताक्षर मात्रगर्ने छैनौं । नयाँ ढंगले सहयोग पनिगर्नेछौं ।’
नेपाल संगीततथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिनिशाशर्माले तीनवटै एकेडेमीएउटै विधामा पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘रंग हामीलाई चाहिन्छ । हामीले पनिबुझ्नुपर्छ । डान्स, नाटकमा प्रयोग हुन्छ । सेट गर्दा मिक्स हुन्छ । लाइटलाई प्रयोग गर्दा जरुरी हुन्छ ।’आफूलाई पनिआगामीदिनमा सल्लाह र सुझावदिनआग्रहगर्दै उहाँले सबै एकेडेमीमिलेर कामगर्नुपर्ने आवश्यकतापनिउहाँले औंल्याउनुभयो ।
बाग्मतीप्रदेशका सांसद सरल सहयात्रीले यस सभाले आगामीदिनको लागि महत्वपूर्ण आधारशिला खडा गरोस् भन्ने कामनागर्नुभयो । उहाँले अबदिनमा प्रतिष्ठानले परम्परागत प्रतिष्ठान धान्ने रुपमामात्रकामगर्ने नभइगहिराइमापुगेर दीर्घकालिन रुपमाप्रभावपार्ने गरी कामगर्नुपर्ने धारणा राख्नुभयो ।
भाषाआयोगकाअध्यक्ष डा. गोपाल ठाकुरले नेपालका रैथाने र परम्परागतकलातथा ज्ञानको संरक्षणमा ध्यानदिँदै त्यसलाई सुक्ष्म र बृहतदुवै तवरले खोज, अनुसन्धानमा समेत ध्यानदिनुपर्ने धारणा राख्नुभयो ।