" /> दीपकराज गिरी नयाँ फिल्मको तयारीमा – News of Global

News of Global बुधबार, बैशाख १३, २०८०

‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ ।

आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित फिल्मको प्रि–प्रोडक्सन सुरु भएको छ । चाँडै विस्तृत कुरा तय हुनेछन् ।’ सामाजिक कथावस्तुमा बन्ने यो फिल्मलाई लिएर दीपक उत्साहित छन् । लगातार हिट फिल्म दिइरहेको आमा सरस्वती मुभिजमा ‘छक्कापञ्जा’ टोलीले नै निरन्तरता पाउँछ या पाउँदैन, यसबारे निधो भइसकेको छैन । यसअघि दीपकले होम प्रोडक्सनभन्दा बाहिरको फिल्म गर्ने चर्चा थियो । यसैबीच, दीपक-दीपाको मल्टिप्लेक्स फिल्म हल साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको फ्रेन्चाइजीअन्तर्गत सञ्चालन हुने उक्त हलको निर्माण कार्य धमाधम भइरहेको छ । नयाँ बानेश्वर चोकमा रहेको नयाँ बानेश्वर सेन्टरमा उक्त हल निर्माण भइरहेको छ ।

वैशाख १ गतेदेखि नै सञ्चालन गर्ने तयारी रहेपनि निर्माण कार्य ढिलो हुँदा सम्भव नभएको दीपकले बताए । ‘अब साउन १ देखि सञ्चालन हुनेछ, जसले गर्दा भदौमा आउने फिल्म प्रदर्शनमा सजिलो हुनेछ,’ उनले भने ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]