" /> मौलाकाली केवलकारको औपचारिक उद्रघाटन – News of Global

News of Global सोमबार, बैशाख ११, २०८०

मौलाकाली केवलकार प्रालीलद्वारा प्रवद्र्घित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा
आउने भएको छ ।नवलपुर जिल्लाको गैडाकोट १ मा निर्मार्ण सम्पन्न केवलकार यही वैशाख १ गते देखी परीक्षण सञ्चालन भएको थियो । के वलकारको वैशाख
१८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेऔपचाररक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली के वलकारको निर्माण गत वर्ष देखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकार मार्फत बटम स्टेशनबाट टप स्टेशनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालन सगंै मौलाकाली दर्शन तथा पुजा आजाका लागी जाने भक्तजनहरुका लागि सहज हुने छ । केवलकारको माथिल्लो स्टेशनमा सुबिधा सम्पन्न ६० रुमको होटल, व्याङक्वे ट हल र रेष्टुरन्ट सञ्चालनमा रहनेछन्। केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागी भने अझै केहि महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ । नवलपुर चितवन जिल्लाको पर्यटकीय पूर्ण घारमा उल्लेख्य योगदान पुग्न उक्त परियोजमा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निमार्ण काठमाडौँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ। त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बीनी केवलकार सहितको नयाँ पर्यटकिय गन्तब्य निर्माण काठमाडोेँको चन्द्रागिरिमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठुला र नमुना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]