" /> फिल्म ‘प्रसाद २’ प्रदर्शनको तयारीमा – News of Global

News of Global आइतबार, बैशाख १०, २०८०

प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे ।
रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि यो अर्को सामाजिक कथावस्तुमा कथा भन्ने प्रयत्न गरेका छन् । उनले फिल्मको दोस्रो श्रृंखलाको कथावस्तुबारे चर्चा गरे । १२ वर्षअघि अन्तरजातीय विवाह गर्दा गाउँ नै छाडेर हिंडेका नारायण र बाबुरामको जीवनको नयाँ अध्यायलाई दर्शकले दोस्रो श्रृंखलामा हेर्न पाउने उनको भनाइ छ । ‘नारायणी, बाबुराम र प्रसादले जीवन अघि बढाउन गर्ने संघर्ष नै हो । जसरी १२ वर्षअघि प्रेम गर्दा गाउँ छाडेर भाग्नुपर्‍यो । १२ वर्षपछि देशमा नयाँ संविधान आयो । नियम कानुन बने । परिवारिक, सामाजिक र राजनीतिक लेयरमा आधारित संघर्ष यसमा छ,’ फिल्मबारे उनले भने । दोस्रो सिक्वेलमा शीर्ष पात्रको सन्तानको रुपमा प्रसाद चरित्र जन्मिएको छ । ‘प्रसादका लागि बाबुराम र नारायणीले गर्ने जीवन संघर्ष यसमा चित्रित छ । हजारौं प्रसाद गाउँ–गाउँमा छन् । भोलि ती प्रसादले पनि भागेर हिंड्नुपर्ने हो ?’ उनले प्रश्न गरे । अघिल्ला फिल्ममा सहरी कथावस्तु र प्रेमको कथा भन्ने सुदर्शनले यसमा ग्रामिण कथावस्तु भनेका छन् । ‘मैले गरेका १४–१५ फिल्म नै बराबर हुन् । कुनै धेरै र कुनै थोरै चले होलान् । तर, के हुन्छ भने कहिलेकाहिँ कुनै फिल्म, कथावस्तु र चरित्रसँग माया बस्छ । कुनै कथा यस्तो लाग्छ कि मैले नै भन्नुपर्छ भन्ने भाइब्स आउँछ । त्यो भाइब्समा बनेको फिल्म हो यो । मैले सहरीकरण र लभस्टोरी फिल्म धेरै गरें होला तर कुनै कुनै भनिएको कथा सिधा दर्शकसँग छिटो कनेक्सन भइहाल्छ,’ उनले भने ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]