" /> ३ हजार लकडाउन प्रभावितहरुलाई संगीतकर्मी संघको राहत वितरण – News of Global

News of Global शुक्रबार, बैशाख १९, २०७७

काठमाण्डौ । कलाकारहरुको छाता सङ्गठन राष्ट्रिय संगीतकर्मी संघले कोरोनाभाइरस संक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका कारण समस्यामा परेका विभिन्न क्षेत्रका ३ हजार भन्दा बढीलाई सहयोग गरिसकेको छ । कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु जस्तै गायक, गायिका, चलचित्रकर्मी, प्राविधिक, सङ्गीतकार, गीतकारहरुलाई राहत बितरण गरेको छ । साथै दैनिक मजदुरी गर्ने गरीबी समुदाय, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरु लगायत अन्य समस्यामा परेका बृद्धा असहाय, कागज पत्र नभएका कारण हिडेर वडा कार्यलयसम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि पनि निरन्तर चार हप्ता भन्दा बढी समय राहत अभियानमा जुटेको छ । मजदुर, अपाङ्ग, दृष्टीबिहिन एवं विपन्न परिवारको सहयोगार्थ नेपालसंगीतकर्मी संघले राहत सामग्री निरन्तर वितरण गर्ने जनाएको छ । साथै कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आएका र लकडाउनका कारणले समस्यामा परेका कला क्षेत्रका मजदुरहरुलाई समेत संघले राहत वितरण निरन्तर जारी रहने जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्की, वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष अमृत खाती, महिला उपाध्यक्ष उमा श्रेष्ठ, बिपत ब्यबस्थापन समितिका संयोजक तथा महासचिव बिक्रमजंग शाह, सदस्य सिर्जु अधिकारी, नेत्र श्रेष्ठ, स्मृती गौतम, श्याम धिताल, मिलन श्रेष्ठ, सुमी श्रेष्ठ प्रबक्ता होमराज सुवेदी र सचिवालय सदस्य राजकुमार हुमागाई लगायतको समूहले राजधनीका विभिन्न ठाउँमा राहत वितरण गर्दै आएको छ । प्रतिकूल मौसमका बावजुद पनि संघले राहत वितरणको ३६ औं दिनसम्म आइपुग्दा ३ हजार जनालाई राहत वितरण गरिसकेको छ ।

अहिलेसम्म उपत्यकाको सूर्यबिनायक, ठिमी, लोकन्थली, काडाघारी मुलपानी, टोखा, सरस्वती खेल, कौसलटार, कोटेश्वर, जडीबुटी, इमाडोल, सिनामंगल, मित्र पार्क, चाबहिल, जोरपाटी, नयाँबस्ती, गोठाटार, आरुबारी, धुम्बाराही, सामाखुसी, ग्रीन्ल्याण्ड, माछापोखरी, सोह्रखुट्टे, कालीमाटी, बल्खु, कलंकी, ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजारभन्दा बढी ब्यक्तिहरुको सहायोग पुराएको संघका उपाध्यक्ष अमृत खातीले जानकारी दिए । राहत सामग्रीमा चामल, दाल, नुन, तेल, चिनी, चिउरा जस्ता अत्यावश्यक खाद्य सामाग्रीहरु रहेको छ ।
संघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथानिर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सबै नीति, कार्यक्रम, स्वास्थ्य योजनातथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानबाट सहयोग गरी सफलपार्न सबैमा आग्रहसमेत गरेको छ ।
National misic association
हामीले भएर सहयोग गरेका होइनौं, भएको मात्र गरेका हौं । विगत ३६ दिनदेखि गरिंदै आएको राहत वितरण अभियान जारी छ, संघका उपाध्यक्ष अमृत खातीले भने – ‘कोरोना विश्वबाट नै जतिसक्दो चाँडो बिलीन भएर वातावरण सहज बनोस्, सबैले नङ्ग्रा खियाएरै खाने दिन आओस् भन्ने कामना गर्दछु । तर साम्य नहुन्जेल र आफूले सकुन्जेल सकेको सहयोग संघका तर्फबाट गरिरहन्छौं ।
National misic association
राष्ट्रिय संगीतकर्मी संघले गर्दै आएको राहत वितरण अभियान अझै जारी रहनेछ संघकी सदस्य सिर्जु अधिकारीले बताइन्– ‘संघको सामूहिकतामा सकेको सहयोग सामाजिक दुरी कायम गर्दै, शान्त एवं सभ्य तरिकाले गर्नेछौं । खानकै लागि समस्यामा पर्नु भएकाहरुलाई मल्हम स्वरुप सहयोग गरेका हौं, उनले भनिन् । एक जना कलाकार भएर अर्थात् संघकी सदस्य भएर मात्र आफू अभियानमा सरिक भएको नभई असल मानव भएर लागेको बताइन् । मानव चोला आज छ भोली के थाहा ? त्यसैले यो समयमा हुनेले नहुनेलाई सहयोग गरौं । मानवियता देखाऔं, अधिकारीले भनिन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]