" />
५ वैशाख, भरतपुर ९चितवन० । ४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो । युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे ।
तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर(घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन ।