" /> बिदेशमा बसेर लगानी गर्ने हजारौं स्रष्टाहरुले दुःख भोग्नु परेको छः गीतकार अनु शाह – News of Global

News of Global सोमबार, पौष ०४, २०७९

काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र निर्मात्री अनुराधा शाह नेपाली गीतसंगीत र साहित्यकी धरोहर हुन्। बिद्यालय जीवन देखिनै राष्ट्रिय नाचघरमा नाटक प्रस्तुत गर्ने, रेडियो नेपाल र रङ्गमञ्चमा अभिनय गर्न सुरु गरेकी शाह कुनै समय एक कुशल मोडल र पत्रकारको रुपमा समेत देखापरेकी थिइन्। काठमाडौं सितापाईलामा पिता लालबिक्रम शाह र माता दयादेवी शाहकी प्रथम सन्तानको रुपमा जन्मिएकी अनु शाह उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेकी थिइन्। उनले अमेरीकाको नर्थ वेस्टर्न बिश्वबिध्यालयबाट बाल मनोबिज्ञानमा स्नातकोत्तर गरेकी छिन्।

सानैदेखि कला क्षेत्रमा प्रवेश गरेकी प्रख्यात गीतकार साहित्यकार अनु शाहको दुइसय भन्दा बढी गीतहरु रेकर्ड भएका छन् भने दुइ दर्जन गीतका म्यूजिक भिडियो समेत आफैंले निर्माण गरिसकेकी छिन्। बहुप्रतिभाशाली लोकप्रिय गीतकार अनु शाहले लेखनसँगै अभिनय र निर्माण पक्षमा समेत उत्तिकै ससक्त भएर नेपाली कला साहित्य क्षेत्रमा योगदान पुर्याउदै आएकी छिन। चलचित्र भिमदत्तमा सह(निर्मात्री रहेकी उनले ‘सुक्का मानो’ र ‘उफ्फ यो मन’ नामका चलचित्र निर्माण गरेकी छिन जुन अहिले प्रदर्शनको पर्खाईमा छन्। साहित्यकार शाहले नेपाली भाषा साहित्यमा मात्र नभै हिन्दी, अंग्रेजी, नोवारी र मैथली भाषामा पनि थुप्रै गीत र कबिता लेखेकी छिन। “कम टेक माई ह्याण्ड, ह्वोईन आईएम फिलिंग डाउन‘” गायिका शितल मोक्तानले गाएको निकै चर्चित अंग्रेजी गीत हो।
गीतकार संघको आजिबन सदस्य रहेकी शाह राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरु अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र ज्योती साहित्य प्रतिष्ठानमा लाईफटाईम मेम्बर हुन् भने रेडियो हिमालयनको गार्जेन मेम्बर हुन्। कला साहित्य विधामा उल्लेखीय योगदान पु¥याउँदै आएकी अनुराधा शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा अवार्डहरु हासिल गरिसकेकी छिन। सामाजिक कार्यमा समेत उत्तिकै रुचि राख्ने उनले नेपालका धेरै संघ संस्थामा आश्रित अनाथ असहाय, दुःखीपीडित, बेसहाराहरुलाई बिदेशमा रहेर पनि सहयोग गर्दै आएकी छिन्।

पेशाले शिक्षिकाको रुपमा कार्यरत गीतकार अनु शाह ब्यस्त समयको बाबजुद पनि नेपाली गीतसंगीत र कला साहित्यमा दरिलो खम्बा बनेर नेपाली सांगीतिक आकाशमा नक्षत्रको रुपमा स्थापित भएकी छिन। उनको लेखन शैली उनको शब्द चयन देखि उनको प्रस्तुति समेत उत्कृष्ट रहेको यस क्षेत्रका जानकारहरु बताउछन।

समग्र नेपाली मनोरञ्जन क्षेत्रमा करडौ लगानी गरेकी गीतकार तथा निर्मात्री अनु शाहलाइ केहि संगीतकार, चलचित्र निर्माता, निर्देशकदेखि अन्य केहि व्यक्तिहरुले ठगी गरेको बताउँछिन्। उनी भन्छिन् सुरुमा मिठो र राम्रो राम्रो कुरा गरि बिश्वास दिलाएर काम र पैसा लिन्छन पछि कुनै काम समयमा गर्दैनन् त्यसैले नेपालमा पैसा लगानी गर्नुभन्दा पहिले सोच्नु पर्ने रहेछ। बिश्वासको आधारमा लगानी गरेर आफु डुबेको दुखेसो पोख्दै उनले भनिन्– थुप्रै कामहरु समयमा नगरिदिएर बसेका छन् भने केही गीतसंगीत र रचनाहरु हराईरहेका छन्, चलचित्र तयार भएर पनि प्रदर्शन गर्न दिएका छैनन् । केही संगीतकार र चलचित्रकर्मीहरुले ठगि गरेको उनको आरोप छ। त्यसैले त्यस्ता ठगि गर्ने गिरोहहरुलाई अब कानुनि प्रक्रियामा लैजाने र मिडिया मार्फत उक्त ठग्ने व्यक्ति र काम पुरा नगर्नेहरुको नाम सार्बजनिक गर्ने तयारीमा रहेको उनले बताईन। हामी दुस्ख गरि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छौं तर त्यसको उचित मुल्यांकन र सदुपयोग नहुँदा म जस्ता बिदेशमा बसेर लगानी गर्ने हजारौं श्रष्टाहरुले पिडा भोग्नु परेको बताउछिन।

नेपाल आउँदा र अमेरिका रहंदा समेत सधै गीतसंगीत, चलचित्र र साहित्यमा लगानी गर्ने बहुप्रतिभाशाली व्यक्तित्व अनु शाहको केहि साहित्यिक पुस्तक, म्यूजिक भिडियो र चलचित्र आउन लागेको उनले जानकारी गराईन।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]