" />
दोहा, कतार । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले एनआरएनए आइसिसी पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, एनआरएनए एनसीसी कोरियाका अध्यक्ष दिपक पुन र जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेलाई स्वागत गरेको छ ।
फुटबल विश्वकपको सन्दर्भमा कतारमा आएका ब्यक्तित्वहरुलाई कतारमा उपलब्ध आईसिसि पदाधिकारी, एनसीसी पदाधिकारी, सदस्य एवं एनआरएनए अभियन्ताहरुको उपस्थितिमा स्वागत गरिएको हो ।
सो अवसरमा पुर्व अध्यक्ष लामिछानेले एनआरएनएमा आएको विवाद पुर्व अध्यक्षलाई बिशेष अधिकार दिईनुले भएको भन्दै त्यसलाई सच्याउनु पर्ने बताए । उनले पुर्व अध्यक्षहरु सल्लाहकारको हैसियतमा मात्रै बस्नुपर्ने जनाउदै आफु अव एनआरएनएको पुर्व अध्यक्षको हैसियतमा मात्रै रहने बताए ।
लामीछानेले एनआरएनएको समस्या लाई समाधान गर्न बिधानमा सुधार गरेर भए पनि जानुपर्ने बताए । संस्थामा नयाँ नेतृत्व आउन जरुरी हुने भन्दै सँस्थापन पक्ष सदैव लचिलो हुन आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा लामिछानेले प्रवासमा रहेका नेपालीको आम्दानीमा वृद्धि भएको भन्दै अब नेपालमा सामुहिक लगानीमा जोड दिनुपर्ने बताए । उनले
एनआरएनए कतारले गरेका कार्यको प्रंशसा गर्दै एनआरएनए सबैको साझा चौतारी भएकाले पक्ष बिपक्ष नबनी अगाडी बढ्न बिश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गरे । लामिछानेले एनआरएनएको महत्व र ऊद्देश्य सबैले बुझ्नुपर्ने जनाउदै सबै एनसिसिहरुले सानातिना विवाद आपसी सहमतिमा टुंग्याएर अगाडी बढनुपर्ने बताए । उनले कतारले छोटो समयमा गरेको उल्लेख्य उपलब्धीको प्रत्यक्षदर्शी नेपालीहरु भएको जनाउदै हामिले देश विकाशको लागी उनीहरुकै निती अपनाएर अगाडी बढनुपर्ने बताए ।
कार्यक्रममा एनआरएनए आइसिसिका उपाध्यक्ष आर के शर्माले एनआरएनए एनसिसि कतारले धेरै उल्लेखनीय कार्य गरेको जनाउदै अझै उत्कृस्ट कार्यको लागी शुभकामना ब्यक्त गरे । उनले कतार आएका अतिथीहरुको स्वागत गर्दै एनआरएनए एनसिसिहरुमा साना तिना समस्या हुँदा एनसिसिकै साथिहरु बसेर समाधान गर्न आग्रह गरे । शर्माले यो अभियान गैर आवासीय नेपालीहरुको साझा अभियान भएकाले सबैले हाते मालो गरेर अगाडी बढनु पर्ने बताए । शर्माले एनसिसि बिना आईसिसिले केही गर्न नसक्ने भएकाले आफू सँधै एनसिसिहरुकै पक्षमा रहेको बताए ।
कार्यक्रममा एनआरएनए आइसिसिका युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए एनसिसि कतारले धेरै काम गरिरहेको र अझै थप गर्नुपर्ने बताए । रेग्मीले कतार आएका अतिथीहरु पुर्व अध्यक्ष लामिछाने लगाएतको स्वागत गर्दै एनआरएनए ग्लोवल भिलेज भएकाले यसलाई सही दिशाबाट अगाडी बढाउन सम्पुर्ण गैर आवासीय नेपालीहरुलाई आग्रह गरे ।
कार्यक्रममा एनआरएनए आइसिसिका पुर्व उपाध्यक्ष एबं सँस्थापक सागर नेपालले एनआरएनएले आफ्नो ऊद्देश्य पुरा गर्दै अगाडी बढिरहेको र बिगत २० बर्षमा धेरै कार्य गरेको बताए । उनले यस अभियान आफुहरुको सपना भएको र यसलाई पुरा गर्न विश्वमा रहेका नेपालीलाई अनुरोध गरे ।
उक्त कार्यक्रममा एनआरएनए एनसिसि कोरियाका अध्यक्ष दीपक पुनले यस अभियानमा देखिएका समस्याहरु तत्काल हल गर्न सबै अभियन्ताहरुलाई अनुरोध गरे । उनले आफूलाई सम्मानित गरेकोमा एनआरएनए एनसिसि कतारलाई धन्यवाद ब्यक्त गर्दै यो सँस्थालाई शुद्द सामाजिक सँस्थामात्रै बनाएर अगाडी बढाउन आग्रह गरे । कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका सम्पादक रामजी बगालेले एनआरएनए एनसिसि कतारले गरेको सामाजिक कार्यको प्रंससा गर्दै यो अभियानले बिश्वमा रहेका नेपालीलाई ग्लोबल भिलेजमा परिवर्तन गरेको बताए । उनले संचारकर्मीको हैसियतमा आफू अभियानमा २००३ देखी नै लागेको जनाउदै यो सँस्था बिदेशमा रहेका नेपालीहरुको साझा सँस्था भएकाले यसलाई साझा सँस्था नै बनाएर अगाडी बढाउन सबै अभियन्तालाई आग्रह गरे ।
कार्यक्रममा एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा पुर्व अध्यक्ष लामिछाने लगाएतलाई स्वागत गर्न पाउदा धेरै खुशी रहेको जनाउदै सँस्थाले धेरै राम्रो कार्यहरु गर्दा पनि केही समुहले सामाजिक सन्जालमा अफवाह फैलाएकोमा दुख ब्यक्त गरे ।उनले एनआरएनए सबैको साझा चौतारी भएको दावीसमेत गरे । अध्यक्ष मुक्तदाले अवको एनआरएनए आइसिसिको नेतृत्व मध्यपुर्वका तर्फवाट कतारले पाउनुपर्ने माग गरे । उनले सँस्था जन्मिएको २० बर्ष हुँदासमेत करिव ३० लाख गैरआवासीय नेपालीहरु रहेको मध्यपुर्व र मलेसियाले नेतृत्व नपाएकाले अवको आइसिसि नेतृत्व दिन सबै अभियन्तालाई अनुरोध गरे ।
स्थापना काल देखी नै मध्यपुर्वका एनसिसी एनआरएनए अभियानमा सक्रिय रहेकोले अब अरुको लागि मात्रै प्रयोग नभै आफै नेतृत्व लिन तयार रहेको जनाउदै अवको अध्यक्ष मध्यपुर्वलाई दिन सबै अभियन्तालाई आग्रह गरे । अध्यक्ष मुक्तदाले अवको आइसिसिको नेतृत्व मध्यपुर्वले मागेर नपाए लडेर नै भए पनि ल्याउने र यस अभियानमा विश्वमा रहेका सबै नेपालीलाई सहयोग गर्न अनुरोध गरे । यस बारेमा पुर्व अध्यक्ष एबं सँस्थापक लामिछानेले पनि अभियानमा मध्यपुर्वको भुमिका उल्लेख्य रहेको र यहिका नेपालीहरुले पठाएको रेमिटेन्सले देश धानिएकाले मध्यपुर्वको मागमा आफू सकारात्मक रहेको बताए ।
उक्त कार्यक्रममा एनआरएनए एनसिसि कतारका सल्लाहकार भाईकाजी गुरुङ,प्रथम उपाध्यक्ष जैबि राई,महासचिव पदम गिरी,प्रबक्ता सन्तोष क्षेत्री,नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष बुद्दी भण्डारी,एनआरएनएका पुर्व मानार्थ सदस्य बिमल सुवेदी,बिश्व साइकल यात्री यासिन मामा,पत्रकार बिष्णु पोखरेललगाएत एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।