" />
काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका छन् ।
जसले भ्रम र्सिजना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।