" />
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।
हिजो शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । रुघाखोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो, अधिकारीले भने ।
त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।