" />
आमाको सम्झनामा गीत ‘बाबाको आँगनी’
काठमाडौं । लोकप्रिय गायिका एव. सफल उद्घोषिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा तीज गीत ‘बाबाको आँगनी’ सार्बजनिक गरेकी छिन् ।
गीतमा स्व. आमा भगवती ज्ञवालीले गुनगुनाउने भाकालाई नै प्रयोग गरिएको छ भने उत्कृष्ट शब्द रचनामा माहिर शिव हमालको शब्द रहेको छ । गीतलाई मन्जुले गाएकी हुन् । गीतको सुरुवातमा मन्जुले आमालाई सम्झिंदै भाव विव्हल भएर केही वाक्यंश बोलेकी छिन् । जसलाई दर्शक श्रोताको मनलाई चसक्क बनाएको प्रतिक्रिया दिएका छन् । सुरुमा भावुक हुँदै आमाको सम्झना, श्रद्धा प्रकट गरिएको भएता पनि जब गीत सुरु हुन्छ तब गीत रोमाञ्चित र नाँचु नाँचु लाग्ने बनेको छ ।
गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । भिडियोमा गायिका स्वयम् मन्जु पौडेल र सञ्चारकर्मी अनुषा पौडेलको नृत्य तथा अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।