" />
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भएको छ । पार्टी एकीकरण भएको तीन वर्षपछि उपेन्द्र यादव र डा.बाबुराम भट्टराई अलग अलग भएका छन् । जसपाको फुटले औपचारिकता पाउन भने केही दिन लाग्ने दुबै पक्षका नेताहरुले बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २६ वैशाख २०७६ मा एकता भएर समाजवादी पार्टी बनेको थियो । त्यसपछि यस पार्टीको नाम जनता समाजवादी पार्टीका रुपमा परिचित भयो । त्यही पार्टी स्थानीय चुनावपछि आएर दुई धु्रवमा विभाजित भएको छ ।
तर बुधबार भट्टराईले आफ्नो नेतृत्वमा काठमाडौंमा केन्द्रीय समितिको विस्तारिक बैठक सुरु गरेका छन् भने अध्यक्ष यादव पक्ष वीरगञ्जमा भेला भएका छन् । बुधबार कार्यकारिणी समितिको बैठक गरेको यादव पक्षको केन्द्रीय समितिको बैठक भने भोलि र पर्सि गरी दुई दिन बस्ने तय भएको छ ।