" /> सरकारले पास दिए अलपत्रलाई घर पु¥याउँछौंः व्यवसायी – News of Global

News of Global सोमबार, बैशाख ०८, २०७७

काठमाडौं । यातायात व्यवसायीले लामो लकडाउनका कारण काठमाण्डौं उपत्यकालगायत स्थानमा अलपत्र परेका मजदुर तथा सर्वसाधारणलाई घरसम्म पुर्‍याइदिन तयार रहेको बताएका छन् । राजमार्गमा हजारौं मजदुर पैदल नै हिंडेर घर जाने अवस्था देखिएको भन्दै यातायात व्यवसायीको संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सर्वसाधारणलाई घर पुर्‍याउन तयार रहेको जनाएको हो ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै त्यसका लागि सवारी पास र आवश्यक सुविधा उपलब्ध गराउन सरकासँग आग्रह गरेका छन् । यो यातायात कम्पनीहरूको महासंघ हो ।

‘कोरोना भाइरस नियन्त्रणका लागि लागू भएको लकडाउनले लाखौं नेपाली यात्रु वर्गलाई ठूलो असर पर्न गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लाखौं यातायात मजदुरहरु हुन गएको, उनीहरुलाई रोजीरोटीको समस्या भएको र राजमार्गमा हजारौं यात्रु मजदुरहरुको बिचल्ली भई ठूलो समस्या भएकोले उनीहरुलाई घरसम्म पुर्‍याउन नेपाल सरकारले यो महासंघलाई सवारी पास र आवश्यक सुविधा यात्रु तथा मजदुर हितका लागि हामी नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको व्यवहोरा जानकारी गराउँछौं ।’

कडाउनको समयमा महासंघले सरकारलाई सहयोग गर्दै आएको भन्दै विज्ञप्तिमा आगामी असार मसान्तसम्मको कर, राजश्व र बैंकको ब्याज मिनाहा गर्न माग गरेको छ ।

यस्तै ६ महिनाको किस्ता अवधि बढाइदिन माग गरिएको छ । यस्तै महासंघले सामग्र यातायात क्षेत्रको संरक्षणका लागि ‘यातायात संरक्षण आयोग’ गठनको माग अघि सारेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]