" /> एनएमबि बैंकको ‘बित्तीय साक्षारता कार्यक्रम’ सम्पन्न – News of Global

News of Global शनिबार, चैत्र १२, २०७८

गैंडाकोट । एनएमबि बैंक गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शन चोकमा “बित्तीय साक्षरता कार्यक्रम” सम्पन्न गरेको छ ।
कञ्चन आमा समुहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । उक्तआमा समुहको तर्फवाट निबर्तमान अध्यक्ष श्रीमती शान्ता भुजेलले एनएमबि बैंकले, आउँदा दिनहरुमा पनि यस्ता बित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाइदिनेछ भन्ने बिश्वास राख्दै आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र यस एनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’प्राप्त गरिसकेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]