" />
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति पाएका दिएका छन् ।
बोर्डले बालेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।
बलेफी हाइड्रोपावर
अनुमति पाएसँगै बलेफी हाइड्रोपावरलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने छ । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
ग्रिन भेञ्चर
कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
नेष्डो लघुवित्त
त्यसैगरी बोर्डबाट नेष्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
जाल्पा लघुवित्त
लघुवित्तले नियामक निकाय धितोपत्र बोर्डबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
राष्ट्र उत्थान लघुवित्त
८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धककमा एनआईविएल एस क्यापिटल रहेको छ ।
इमर्जिङ नेपाल
कम्पनिले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।