" /> तिजको कोसेली शान्तिप्रियको मौलिक गीत ‘फूलैफूल्यो तिउरी’ – News of Global

News of Global मंगलबार, भाद्र १५, २०७८

काठमाडौं । संचारकर्मसँगै गीतिलेखनमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्व हुन् शान्तिप्रिय । आधुनिक, चलचित्र क्षेत्रमा गीतका माध्यमले चर्चा बटुलिसकेका शान्तिप्रियले तिजको अवसरमा प्रत्येक वर्ष मौलिकता बोकेका शब्द सिर्जना गर्दै आएका छन् । यस वर्षको तिजको कोसेली स्वरुप शान्तिप्रियले मौलिक तिज गीत ‘फूलै फूल्यो तिउरी’ लिएर आएका छन् । विगतका वर्षहरुमा जस्तै गीतभित्र नयाँपन र मौलिक शब्द सिर्जनासहित ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक गरेका हुन् । सिसि नेपाल युट्युबच्यानलमार्फत गीत रीलिज गरिएको छ । शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योतिप्रकाशले संगीत भरेका छन् । यस गीतमा राजेन्द्र बजगाईंले संगीत संयोजन गरेका छन् । गीतलाई लोकप्रिय गायिका दुर्गा परियारले आवाज दिएकी छिन् । गीतको मिक्सिङ भने मनोज परियारले गरेका छन् ।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरिएँ
स्वामी राजा मुस्कुराए लाजैले म निहुरिएँ
बरिलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
बरिलै खुलेर गाउँ शहर …..


गीतमा अभिनेत्री एवं मोडल अनामिका चौलागाई र नव मोडल झरना परियारलाई फिचरिङ गरिएको छ । गतवर्षदेखि एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामिका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायाँकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा सम्पादन राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तिप्रियको रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]