" /> टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त – News of Global

News of Global बिहिबार, भाद्र १०, २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रणी योद्धा जेबी टुहरेको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले आज शोक वक्तव्य प्रकाशित गर्दै झण्डै आधा शताब्दिभन्दा बढी समय नेपाली जनवादी गीत, सङ्गीतमार्फत जनताको मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने जनगायक टुहरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

संविधानसभा सदस्य एवं माओवादी केन्द्रका सल्लाहकारसमेत रहनुभएका टुहुरेको आज उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । अध्यक्ष दाहालले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा टुहरेले पु¥याउनुभएको विशिष्ठ योगदानको उच्च सम्मान गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

आजै उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । त्यसअघि माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र वर्षमान पुनलगायतले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनुभएको थियो । टुहरेलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता तथा कार्यकर्ता, शुभेच्छुक पेरिसडाँडा पुग्नुभएको थियो । टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर’लगायतका गीत लोकप्रिय छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]