" /> मस्र्याङ्गदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने पुल बगायो – News of Global

News of Global शुक्रबार, आषाढ १८, २०७८

गोरखा । निरन्तरको बर्षापछि गोरखा नगरपालिका १४ गोप्लिङ र आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट जोड्ने मस्र्याङ्दी नदीमाथिको झोलुंगेपुल भत्किएको छ ।

बिहिबार राती पुलको तनहूँतर्फको जीप भासिएर मस्र्याङ्दी नदीमा पुगेको गोरखा नगरपालिका १४ का वडाअध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

पुल बगाएपछि गोरखाको गोप्लिङ, गोर्बुङ, सलाङ्गिरी र छाकुका दुईसय १४ घरधुरीका बासिन्दा राजमार्ग जानबाट बञ्चित भएका छन् । राजमार्गबाट प्रसिद्ध अकला मन्दिर जाने बाटो पनि अबरुद्ध भएको खड्काले बताए ।

सो झोलुङ्गेपुल मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट केही माथि अबस्थित थियो ।

‘यहाँ पुल नभएपछि मस्र्याङ्दीको बाँधबाट हिड्नुपर्छ । बाँध बिहान सात बजेतिरबाट मात्र खुल्ला हुन्छ । बेलुका सातआठ बजे बन्द हुन्छ । अब गाउँलेलाई बिहान सबेरै राजमार्ग जान र साँझ अबेर फर्कन नपाइने भयो’, उनले भने, ‘मस्र्याङ्दीले बगाएर ल्याएका रुख, मुढाहरु नदीमा लत्रिएको पुलमा अल्झिएर पानी तालिएको छ । त्यसले गर्दा आसपास पहिरो झरिरहेको छ । जोखिम बढिरहेको छ ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]