" /> सरकारको विभुषण लिन चाहनेले जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिनुपर्ने – News of Global

News of Global बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् ।

‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान गरिएको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने ।

दाहालका अनुसार विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानविन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृहमन्त्रालयमा पठाइसक्नु पर्ने छ । त्यसपछि गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्दछ ।

सरकारले हरेक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्याएकाहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]