" />
काठमाडौं । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय भएको डेढ घन्टामै परिवर्तन भएको छ । केन्द्रीय सरकारको निर्णय प्रदेश सरकारहरुले विरोध गरेपछि आफ्नो निर्णयमा डेढ घण्टामै परिवर्तन गर्नुपरेको बताइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । र, गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेपछि निर्णय उल्टिएको बताइएको छ।
गहृ मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको छ । त्यस्तै अहिलेको अवस्थामा उपत्यका बाहिर पठाउन सम्भव नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए ।