" /> जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने – News of Global
जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने

आगलागी नियन्त्रणका लागि दमकल छैन

News of Global शुक्रबार, बैशाख ०३, २०७८

काठमाण्डौ । पहाडी जिल्लाहरुमा बर्सेनि डरलाग्दा आगलागीका घटना हुने गर्दछ । तर स्थानीय तहले आगलागी नियन्त्रणका लागि दमकलको जोहो गर्नुको साटो जनप्रतिनिधिका लागि विलासी गाडीका लागि रकम खर्चिने गरेको पाइएको छ ।कतिपय जिल्ला प्रशासन कार्यालयहरुका अनुसार जिल्लामा एउटामात्र दमकल छ दमकल खरिद सम्बन्धमा प्रशासन कार्यालयमा छलफल भए पनि ठोस प्रक्रिया अघि नबढेको उनीहरु बताउँछन् । दुई स्थानीय तह बराबर एक दमकल खरिद गर्ने भनिए पनि यो लागू हुन सकेको छैन ।
करोडौं मूल्यमा सरकारी गाडी किन्ने र करोडौं रकम भाडा तिरेर निजी गाडीमा सवार गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिद चासो नदेखाएकै हुन् । जिल्लामा विपद व्यवस्थापन समिति छ । तर आगो नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा सुरक्षाकर्मीले आगो निभाउने क्रममा ज्यान गुमाएका घटना पनि नभएको होइन । केही वर्ष अघि हस्तीचौरमा आगो निभाउने क्रममा एकजना सैनिक जवानको जलेर मृत्यु भएको थियो । त्यसपछि पनि आगो नियन्त्रणका क्रममा गुल्मीको बडागाउँमा एक युवाको मृत्यु भएको थियो । यस्तो अवस्था भोग्दा भोग्दै पनि जिल्लाका जनप्रतिनिधिले जिल्लामा दमकल ल्याउनका लागि पहल गरेका छैनन् । २०७३ वैशाख १८ गते गुल्मीको दजाकोटमा भीषण आगलागी भएको थियो । सदरमुकाममा दमकल नहुँदा ट्याक्टरमा पानी बोकेर निभाउने प्रयास गर्दागर्दै दजाकोट गाउँ जलेर खरानी बनेको थियो ।
दजाकोटका बासिन्दा तथा मुसिकोट नगरपालिका कार्यसमिति सदस्य हरिप्रसाद छन्त्यालका अनुसार त्यस आगलागीमा ५७ घर र ७२ वटा गोठ जलेर पूर्णरुपमा क्षति भएका थिए ।
गुल्मीमा गत फागुन र चैत महिनामा आगलागीका घटना बढेका छन् । यस अवधीमा जिल्लाका विभिन्न स्थानमा आगलागीमा परी ४ जनाको मृत्यु भएको छ । जिल्लामा करिब १५ घर आगोले जलेर पूर्ण रुपमा नष्ट भएका छन् । थुप्रै गोठमा आगलागी हुँदा पशु चौपायाको समेत मृत्यु भएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]