" /> रात्रीकालिन् ब्यवसायलाई नयाँ नीति ल्याउने तयारीः प्रमुख जिल्ला अधिकारी पराजुली – News of Global

News of Global आइतबार, चैत्र ०८, २०७७

‘लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतिकोे संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा – २०७७ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको उक्त साधारणसभा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष दिप सागर थापाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा प्रहरी नायब उपरिक्षक रोशन खड्का, चर्चित गायक बिमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप महासचिव शिब हमाल, रेडियो नेपालका सञ्चारकर्मी तथा बरिष्ठ गीतकार भरत बमजन, काठमाडौं महानगरपालिका वडा नं. २६ वडा अध्यक्ष ख्याम राज तिवारी, टोखा न.पा. वडा नं. ९ का जिपी नेपाल, संरक्षक हिक्मत शेरचन लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै चर्चित कलाकारहरु, समाजसेवी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव भिम श्रेष्ठले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन महासचिव गुणराज खनालले गरेका थिए ।

यस तेस्रो बार्षिक साधारण सभा २०७७ लाई प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । दोहोरी साँझलाई फोहोरी साँझ नबनाउन आग्रह गर्दै रात्रीकालीन् ब्यवसायलाई सुरक्षा नीति बनाएर अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सुरक्षाकर्मीहरुलाई निर्देशन पनि दिएको पराजुलीले बताए । कसैलाई सुरक्षाकर्मीले दुरब्यबहार गर्छ भने तुरुन्त निबेदन दिनुहोस् हामी कारबाही गर्छौ प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले प्रतिबद्धता जनाए । अब काठमाडौंमा राती कती बजे सम्म दोहोरी साँझ लगायत अन्य रात्रीकालिन् ब्यवसायहरु सञ्चालन गर्न पाउने भन्ने नयाँ नीति ल्याउन तयारी भईरहेको कुरा पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

कार्यक्रममा समाजसेबी ब्यक्तित्व, कलाकार र पत्रकारहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रमको मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ रहेका थिए । कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतीसंगै नृत्य पनि प्रस्तुत गरिएको थियो ।
बन्द शत्र कार्यक्रममा अध्यक्ष रिम बहादुर खत्रीले बार्षिक प्रतिबेदन, महासचिव गुणराज खनालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष, महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिबेदन आयोजक र उपस्थित महानुभावहरुले सर्वसम्मतका साथ पारित गरेका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]