" /> बजारमा तरकारीको मूल्य आकाशिँदो – News of Global

News of Global शनिबार, फाल्गुण १५, २०७७

काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारीको भाउ अचाक्ली महँगो भएको छ । साताभर माछा मासु, खाद्यन्न र मसलाजन्य वस्तुको मूल्य भने स्थिर जस्तै रह्यो भने फलफूलको मूल्य केही मात्रामा बढेको छ ।

गत साताको तुलनामा यो साता बजारमा काउली, च्याउ, विभिन्न थरीका साग, गोलभेडा जस्ता हरियो तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

थोक मूल्य नै उच्च भएपछि खुद्रामा पनि हरियो तरकारीको भाउ उच्च हुने देखिएको छ । बर्डफ्लुका कारण बजारमा कुखुराको मासुको भाउ किलोमा १० देखि १५ रुपैयाँसम्मको उतार चढाव देखिएको राष्ट्रिय मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।

यो साता प्रमुख खाद्यन्न चामल, दाल, तेल लगायतको वस्तुहरुको मूूल्यमा खासै फरक नभएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो साता किलोमा ५ रुपैयाँले घटेको चामलको मूल्य यथावत नै भएको संघका सदस्य ध्रुब अधिकारीले बताए ।

दैनिक प्रयोगमा आउने आउने हरियो तरकारीहरुको बढेको पाइएको छ । गत शुक्रबारको तुलनामा मौसमी तरकारीको मूल्य बढेको व्यवसायी गीता आचार्य बताउँछन् । काउली, साग, गोलभेंडा, च्याउ जस्ता तरकारीको भाउ बढ्नु स्वभाविक भएको उनको दाबी छ ।

‘अहिलेको मूल्य बढेको नभई किसानले गरेको लगानी अनुसारको स्वभाविक प्रतिफल हो, यति मूल्य नपाए किसानले खेती नै गर्दैनन्,’ कालीमाटी फलफल बजार संस्थाका अध्यक्षसमेत रहेका अचार्यले भने ।

गत साता पनि बढेको मसला बालीको भाउ यो साता पनि बढ्न पुग्यो । यो साता बुलेट खुर्सानी, धनिया हरियो लसुन, अदुवा लगायतका मसला तरकारीको भाउ थोकमै बढेको पाइएको छ । हरियो लसुन त किलोमा ४० रुपैयाँसम्मले बढेको कालीमाटी फलफल तथा बजार बिकास समितिले जनाएको छ । बर्ड फ्लुको त्रासकै कारण यो सता ब्रोइलर कुखुराको मासुको भाउमा सामान्य गिरावट आएको छ ।

ब्रोइलर कुखुराको मासुको मूल्य २८० बाट ३५० देखि ६५ रुपैयाँसम्म कारोबार भइरहेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । त्यसबाहेक अन्य प्रकारका मासुहरुको मूल्य यो साता स्थिर नै छ ।

अहिले बजारमा कालो र हरियो अंगुरको मौसम छ । थोक बजारमा नै यो साता अंगुर, स्याउ लगायतका फलफूलको भाउ किलोमा १० देखि २० रुपैयाँ सम्मले बढेको पाइएको छ ।

यो साता झोले स्याउको भाउ किलोमा २० रुपैयाँले बढेको छ भने केरा दर्जनमा १० रुपैयाँले महँगो भएको छ । यस्तै दुवै प्रकारका अंगुरको भाउ किलोमा १० रुपैयाँले महँगो हुँदा सुन्तला र भुइँकटहरको मूल्य स्थिर छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]