" /> राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा – News of Global

News of Global सोमबार, माघ १९, २०७७

काठमाडौं । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

सैन्य मामलाका जानकारहरुले यसलाई नियमित रुपमा मात्रै हेर्न नहुने बताएका छन् ।

जंगीअड्डाले भने सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको सन्देश दिने कोशिश गरेको छ ।

जंगीअड्डाका स्रोतले भन्यो, ‘विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरिएको हो ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]