" />
काठमाडौं । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ ।
यस गीतमा मेनुका परियार र चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत रहेको छ । राज कुमार मगरको निर्देशन तथा सम्पादन रहेको गीतमा राम शरण उप्रेतीले छायांकन गरेका हुन् । उक्त गीतको भिडियोमा भाईरल बाल गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर आदीको अभिनय हेर्न सकिन्छ ।