" />
गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाले पालिकाका सबै वडा र सबै विद्यालयहरुमा आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ । गोरखा लायन्स आई सर्जिकल सेन्टरको प्रावधिक सहयोगमा सबै वडाका स्वास्थ्य संस्था र ५ कक्षासम्मका विद्यार्थीलाई लक्षित गरि शिविर सञ्चालन गर्न लागिएको हो । आज बक्राङ स्वास्थ्य चौकीमा आँखा शिविर गरेर अभियानको सुरुवात गरिएको गाऊँपालिकाका स्वास्थ्य शाखाका संयोजक विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
माघ १४ गतेसम्ममा ९ वटै वडाका स्वास्थ्य संस्थामा पहिलो चरणको शिविर हुने आगामी असारसम्म स्वास्थ्य संस्था र विद्यालयमा पालैपालो शिविर चलाइने उहाँको भनाई छ । शिविरका क्रममा शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिए गोरखा लायन्स आइ सर्जिकल सेन्टरले निशुल्क शल्यक्रिया गर्नेछ । बिरामीले अन्यत्रै शल्यक्रिया गर्न चाहेमा भने गाऊँपालिकाले आधा खर्च ब्यहोर्ने योजना रहेको श्रेष्ठले जानकारी दिनुभयो ।