" />
नेकपामा झापाबाट थपिए ८ जना केन्द्रीय सदस्य
काठमाडौं । सामाजिक, राजनीति र शैक्षिक क्षेत्रमा लोकप्रियता कमाएका झापाका हरिचरण बानियाँ नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेकपाको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकले बानियाँ सहित
झापाका ८ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
झापा धाइजनका हरिचरण बानियाँ सहित कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, सांसद एलपी सावा, जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा अनुशासन आयोग सदस्य अर्जुन राई र पूर्वसांसद हरिचरण शिवाकाेटी केन्द्रीय सदस्य भएका छन्।
यस्तै, झापाका संविधानसभा सदस्य दिपक कार्की र प्रेम गिरी केन्द्रीय सदस्य चयन भएका छन्।
प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल र हरि राजवंशी यश अघि नै केन्द्रीय सदस्य थिए।