" />
काठमाडौं । गुलियोको खेती गर्छौं, तर आफ्नै मन अमिलो भएको छ,
सरकार तिमीलाई लाज लाग्दैन,
सानो छ खेत सानो छ बारि सानै छ जहान
सानो छ देश र ठूलो छ सरकार अटेन किसान
न्याय खोइ सरकार ?
उखु किसान जिन्दावाद ?
बिन्ती किसान लाई न्याय देऊ !
हामीले आजसम्म किसानले उत्पादन गरेको उधारो चिनी खाइरहेका रहेछौँ । हामीले पिउने चियाको हरेक घुट्कोमा चिनी होइन किसानका आँसु रगत र पसिना मिसाइरहेका रहेछौँ । विगत केही वर्षदेखि नेपालमा चिनीको राजनीति चुलिएकै हो चर्किएकै हो । उखु किसानसँग उधारो उखु लिएर आफू धनी हुँदै आएका मिल मालिकहरूलाई नेपालका राजनीतिक पार्टीहरूको आशिर्वाद मिलिरहेकै छ । नेपालमा जति पनि भएः र वर्तमानमा भैरहेका छन् । त्यसको मूल जरो खोज्दै जाँदा राजनीतिक पार्टी नै हो । भ्रष्टाचार गर्ने कर्मचारीले थुपारेको कालो धनको संरक्षकदेखि किसानलाई उधारो उखुको पैसा नतिर्ने साथ दिनेसम्म राजनीतिक पार्टी नै हुन् ।
नुन देखि सुनसम्म भारतको आशामा भर पर्ने देश । आफ्नै देशमा उत्पादन भयको उखुको मुल्य खोइ सरकार ?
उखु किसानको पसिनाको पाप त अबश्य पनि लाग्छ। कति चुस्न मन छ गरिबको खुन सरकार ? यतिखेर सम्पूर्ण उखु किसानहरुको एउटै आवाज भएको छ ।