" /> माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट, १ लाख ८३ हजार २६ जनाले शेयर पाए – News of Global

न्यूज अफ ग्लोबल बुधबार, मंसिर १७, २०७७

काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँट भएको छ । बुधवार विहान विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी मध्य ५ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले शेयर पाएका हुन ।

विक्री प्रबन्धकका अनुसार यस कम्पनीको आईपीओमा ६ लाख ५३ हजार २९१ जनाको आवेदन परेको थियो । रितपूर्वक आवेदन नदिएका कारण १ हजार ७१६ जनाको आवेदन रद्ध भएको छ । योग्य ६ लाख ५१ हजार ५७५ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । यस कम्पनीको आईपीओमा आवेदन दिने ४ लाख ६८ हजार ५४९ जनाको हात भने खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १८ लाख ३० हजार २६५ कित्ता शेयर विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २७ कित्तामध्य ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको हो ।

यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २०७६ चैत मसान्तसम्ममा रू. ११८ दशमलव ३२ रहेको छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा रू. १२३ दशमलव ४० प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण कम्पनीले गरेको थियो । वास्तविक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५१ रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]